Logo

बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान



काठमाडौं, असार २३। बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुने भएको छ । अहिले बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए ।

निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

मतदानस्थलमा एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका थिए। उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गर्दै आएका छन् ।

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन झण्डै एक सय जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot