Logo

“कांग्रेसले गृह मन्त्रालय छाडेर अर्थ लिन लागेको हो ?”



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता नैनसिंह महरले संसदीय छानबिन समितिको रिपोर्ट नआईकन नयाँ अर्थमन्त्री नआउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “धेरै ढिलो भए पनि मुलुक निकासको बाटोमा गएको छ । बजेटको निर्माण प्रक्रियामा बाहिरको मानिसको प्रवेश भएको आरोप पुष्टि हुने अवस्था होला, नहोला । तर जनार्दन शर्माले थोरै भए पनि नैतिकता प्रदर्शन गर्नुभएको छ । तत्काल नयाँ अर्थमन्त्री नियुक्त हुने स्थिति म देख्दिनँ ।”
छानबिन समितिको रिपोर्ट नआउँदा अर्थमन्त्रालय प्रधानमन्त्री स्वयं वा अर्को मन्त्रीलाई जिम्मेवारी दिन सक्ने पनि उनले औंल्याए । महरले थपे, “यो प्रधानमन्त्रीको विशेष अधिकारको विषय हो । प्रधानमन्त्रीले आफैसँग राख्न सक्नुहुन्छवा अरु मन्त्रीलाई दिन सक्नुहुन्छ । तर नयाँ मान्छे आउने सम्भावना देख्दिनँ । संसदीय रिपोर्ट आएपछि कसै न कसैलाई जिम्मा लगाउनैपर्छ । तत्कालै जिम्मेवारी दिँदा अर्थमन्त्रीमाथि अन्याय हुन्छ ।”

उनले नेपाल राष्ट्र बैंकका गभर्नरको अराजक भूमिकाका बारेमा पनि सरकार संवेदनशील हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot