Logo

पन्जाबका मुख्यमन्त्री भागवन्त मानले आज विवाह गर्दै



नयाँ दिल्ली, २३ असार । पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् ।

४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ ।

‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्दर सिंह कांगको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले लेखेको छ। पूर्व ‘स्ट्यान्ड–अप कमिक’को ६ वर्षअघि सम्बन्ध बिच्छेद भएको थियो ।

उनका दुई सन्तान छन् । उनका सन्तान आमासँगै अमेरिकामा बस्छन् । १६ मार्चमा मानको सपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्