Logo

प्रचण्डको ध्यान अर्थ छाडी गृहतिर किन



काठमाडौं, २३ असार । फुटेज प्रकरण त एउटा बहाना त बन्यो अर्थमन्त्रीबाट जर्नादन शर्मालाई राजीनामाको लागि वाध्य बनाउन । प्रचण्डले चाहेको भए शर्मालाई पदमै बहाल भइराख्न भन्थे र आलोचनाको सामना गरिरहन्थे ।

विमला वलीले घरमै गएर प्रेमीको घरमा पुगेर उनकी पत्नी र छोरीलाई कुटेको मिडियामा आएकै हो । तर, उनले राजीनामा दिनुपरेन । छानविन समिति बनाएर वलीलाई चोख्याइयो । स्मरणीय रहोस् विमला वली एमाले छाडेर माओवादीमा लाग्दा शंकर पोखरेलको मुख्यमन्त्री पद नै गयो । यसकारण प्रचण्डले विमला जतिसुकै बदनाम भएपनि राजीनामा दिन लगाएनन् ।

प्रचण्डले आखिर जर्नादनलाई किन राजीनामा दिन लगाए ? यो प्रश्न उठेको छ । माओवादीभित्र अहिले महासचिवको लागि चर्को प्रतिष्पर्धा छ । जर्नादन शर्मा र वर्षमान पुन मुख्य प्रतिष्पर्धी छन् महासचिव पदको । यी दुईलाई जिम्मेवारी नदिई शक्तिबहादुर बस्नेत या कुनै तेस्रो व्यक्तिलाई दिने सम्भावना पनि छ । अर्थबाट शर्मा हटेपछि उनी छानविनमा पनि परेका छन् । यसकारण महासचिव बन्ने सम्भावना लगभग समाप्त भएको छ ।

अब वर्षमान मात्र महासचिवको मुख्य दाबेदार छन् । उनलाई सरकारमा लाने प्रचण्डको रणनीति बन्न सक्छ । त्यसपछि महासचिवमा आफ्ना कुनै विश्वासपात्र खोज्न सक्छन् ।

प्रचण्डको ध्यान सरकारमा अर्थ मन्त्रालयमा नभई गृहमा गइसकेको छ । बजेट बनिसकेको, आथिक संकट बढ्दै गएको अवस्थामा अपजसको भारी बोक्नुपर्ने चुनौतीबारे प्रचण्ड जानकार भइसकेका छन् । यसकारण जस्ले अर्थ मन्त्रालय सम्हाल्छ उही व्यक्ति र दलले ठूलै मूल्य चुकाउनुपर्ने परिस्थिति आर्थिक संकटले पनि बनेको छ ।

चुनावको बेलामा गृह मन्त्रालयको निकै महत्वपूर्ण भूमिका हुन्छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी गृह अन्तर्गतको निकाय हो । चुनावमा यसकारण पनि गृहले खेल्ने भूमिकाले काम गर्छ । गृहमन्त्री भइसकेकाहरु निकै शक्तिशाली नेता रहेकाले पनि यसको आकर्षण छ ।
चुनावको मुखमा गृह मन्त्रालय लिने प्रचण्डको रणनीति देखिदैछ । गृह सम्हालेर चुनावी फाइदा लिने सम्मको दाउ देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot