Logo

जनार्दन शर्मा निर्दोष सावित हुनुहुन्छ भन्ने मलाई विश्वास छ : हिमाल शर्मा (भिडिओसहित)



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले जनार्दन शर्मा दोषी भएर अर्थमन्त्रीबाट राजीनामा नदिएको स्पष्ट पारेका छन् । शर्मामाथि प्रश्न उठेपछि नैतिकताको आधारमा नै जनार्दनले राजीनामा दिएको उनको भनाई छ । उनले शर्माले नै आफूमाथि छानबिन होस भनेर माग गरेको र सदनले समिति बनाएको सुनाए । उनले शर्माले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चूनौति दिएको पनि स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले शर्मामाथि लागेको आरोपबारे छानबिन गर्नको लागि एमालेले समितिले बनाएको नभएर सदनले नै समिति बनाएकोले अब छानबिनपछि सबै कुरा स्पष्ट हुने जनाए ।

उनले बजेट बनाउँदा अनधिृकत व्यक्ति कोही पनि प्रवेश नगरेको भनेर जनार्दनले भनेकोले आफूहरुले त्यही कुरा विश्वास गर्ने सुनाए । उनले शर्माले जनपक्षीय बजेट ल्याएको दाबी गरे । उनले शर्मामाथि लागेको आरोप पुष्टि नभए अन्याय हुने जिकिर गरे । उनले छानबिन समितिल यसअघिका अर्थमन्त्रीमाथि लागेका आरोपबारे सत्य, तथ्य छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए । उनले जनार्दन शर्मा निर्दोष सावित हुने पनि विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot