Logo

विराटनगर बसपार्कमा पुरुषको शव फेला



काठमाडौं, २३ असार । विराटनगरको बसपार्कमा एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आज बिहान पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

बसपार्कको प्रतिक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका व्यक्ति अन्दाजी ५५ वर्षका देखिन्छन् । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

उनी बुधबार बेलुका साढे ८ बजेतीर बसपार्कको प्रतिक्षालयमा बसेका थिए । शवको नजिकै प्रहरीले विषको बट्टा पनि फेला पारेको छ।



प्रतिक्रिया दिनुहोस्