Logo

एनसेलको ‘रिङरोड ग्रीन बेल्ट’ उद्घाटन



काठमाडौँ, २३ असार । एनसेल आजियाटाले कोटेश्वर–कलंकी सडकखण्डमा निर्माण गरेको‘ग्रिन बेल्ट’ को मंगलबार उद्घाटन गरेको छ।

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको हो ।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् । एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माण सकाएर हाल संरक्षणको काम गरिहेको जनाएको छ ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको एनसेलले दाबी गरेको छ । यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ । यस कार्यक्रम अन्तर्गत रही एनसेलले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पु¥याएको छ ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पु¥याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पु¥याउने जनाउँदै एनसेलले सन् २०२४ सम्म ग्रीन बेल्टको संरक्षण गर्ने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot