Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



बर्दिया, २३ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र
स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्