Logo

अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ



रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot