Logo

न्यूयोर्कमा कपिल शर्माको शो स्थगित, टिकटको पैसा फिर्ता गरिदै



एजेन्सी, २३ असार । स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अहिले आफ्नो पूरै टोलीसँग अन्तर्राष्ट्रिय भ्रमणमा छन् । हालै उनले क्यानडामा एक शो गरे र त्यसपछि उनले न्यूयोर्कमा शो गरे। यसअघि कपिलको शो ९ जुलाईमा हुने तय भएपनि अहिले स्थगित गरिएको छ ।

स्थानीय प्रवर्द्धक साम सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ। तर कपिलको शो कहिले आउँछ भन्नेबारे उनले केही बताएका छैनन् ।

सामले पोस्टमा लेखेका छन्, ‘द कपिल शर्मा शो जुन ९ जुलाई नासाउ कोलिजियम र २३ जुलाईमा क्यू इन्स्योरेन्स एरिनामा हुने तय भएको थियो । शोको समय तालिकालाई लिएर भएको विवादका कारण यस्तो भएको हो । कपिलका यी शो का लागि खरिद गरिएका टिकटहरू पुनः निर्धारित मितिका लागि मान्य हुनेछन्। यद्यपि, यदि तपाइँ फिर्ता गर्न चाहनुहुन्छ भने, कृपया टिकट लिइएको ठाउँमा सम्पर्क गर्नुहोस्।’

सन् २०१५ मा अमित जेटलीले कपिलविरुद्ध सम्झौता तोडेको मुद्दा दायर गरेका थिए । उनले आरोपमा कपिलले अमेरिकामा ६ शोका लागि सम्झौता गरेको बताएका थिए । यसका लागि कपिल शर्मालाई पूरा शुल्क पनि दिइएको थियो । तर कपिलले एउटै सहरमा मात्र प्रदर्शन गरेका छन् । अदालत जानुअघि कपिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरेको तर कपिलले उनीसँग कुरा नगरेको पनि अमितले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्