Logo

नाडालका लागि चोट नै चुनौती



काठमाडौं, असार २४ । राफेल नाडालका लागि शुक्रबार निक किर्गोसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ। यता नोभाक जोकोभिच भने लगातार चौथो पटक विम्बल्डनको उपाधि खोजीमा छन्। जसका लागि जोकोभिच र किर्गोस सम्भावित फाइनलका प्रतिस्पर्धी हुन्।

किर्गोसले तेस्रो चरणमा स्टेफानोस सिटसिपासलाई हराउँदै २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालसँगको सम्भावित भेट पक्का गरेका थिए। किर्गोसले बुधबार क्वार्टरफाइनलमा बिनावरीयताका केलियन क्रिस्टियन गारिनलाई हराएका थिए। उनको यो पहिलो ग्रान्ड स्लाम सेमिफाइनल हो।

तर नाडालका लागि भने कथा भिन्नै छ। ११औं वरीयताका टेलर फिट्जमाथिको क्वार्टर फाइनलमा जित निकाल्न नाडालले पाँच सेटसम्म खेल्नुपरेको थियो। यस क्रममा उनी घाइते भएका थिए। उनलाई पेटमन समस्या देखिएको छ।

दोस्रो सेटमा उपचारकै लागि विश्राम लिन बाध्य भएपछि नाडालले क्वार्टरफाइनल नै पूरा गर्छन् वा गर्दैनन् भन्ने दुबिधा थियो। तर उनी कोर्टमा फर्कदै जित निकाल्न सफल भए। उनले जितका लागि ४ घण्टा २१ मिनेट खर्चिएका थिए।

उनी चोटकै बीच सेमिफाइनलमा कोर्टमा फर्कन्छन् वा फर्कंदैनन दुबिधा नै छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot