एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेमाथि गोली प्रहार भएको छ । उनी नारा सहरमा भएको एक सार्वजनिक कार्यक्रममा सहभागी थिए जहाँ एक व्यक्तिले गोली प्रहार गरेका थिए ।
अबेमाथि दुई गोली प्रहार भएको थियो । पहिलो गोली छल्न सकेपनि दोस्रो गोली अबेको पछाडि लाग्यो र उनी ढले । उनको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
आक्रमणकारी पक्राउ परेका छन् । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ । अबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका थिए ।