Logo

कालीपछि चुरोट पिउँदै शिव–पार्वतीको तस्बिर सार्वजनिक



एजेन्सी, २४ असार । आफ्नो एउटा डकुमेन्ट्री कालीको पोस्टरलाई लिएर विवादमा परेकी निर्देशक लीना मणिमेकलाई अर्को पोस्टले समेत अफ्ठ्ेरो पारेको छ ।

लीनाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा बिहान ७ः१५ मा एउटा तस्विर पोस्ट गरेकी छिन् जसमा शिव–पार्वती चुरोट खाइरहेको देखिन्छ । भोपाल प्रहरीले फिल्म ‘काली’की निर्देशक लीला मणिमेकविरुद्ध लुकआउट नोटिस जारी गरेको छ ।

यसअघि मध्य प्रदेशको साइबर क्राइम पुलिसले ट्विटर कानूनी विभागलाई पत्र लेखेर लीना मणिमेकलाईको ट्विटर ह्यान्डलमा पोस्ट गरिएको सामग्री ३६ घण्टाभित्र हटाउन अनुरोध गरेको थियो । उनीहरुविरुद्ध एफआईआर दर्ता भएको छ ।

फेरी एक पटक बीजेपी नेताहरू र प्रयोगकर्ताहरू लीनाको दोस्रो पोस्टलाई लिएर रिसाएका छन् । उनले सामाजिक सञ्जालमा नीनाको कडा आलोचना गरेका छन् । प्रयोगकर्ताहरूले धार्मिक भावना भड्काएको समेत आरोप पनि लगाए।

प्रयोगकर्ताको आक्रोश देखेर लीनाले अर्को फोटो सेयर गरिन् । यो पोस्ट बिहान ९ः४१ मा गरिएको थियो, जसमा लीनाले लेखेकी छिन्, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणा गर्ने मेसिन बनेको छ । मानिसहरू मलाई सेन्सर गर्न चाहन्छन्। म अहिले कतै सुरक्षित महसुस गर्दिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot