Logo

जापानका पूर्वप्रधानमन्त्री आबेको सघन उपचार कक्षमा उपचार हुँदै, गोली हान्ने व्यक्ति पक्राउ



काठमाडौं, असार २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।

आबेमाथि आज विहान देशको पश्चिमी हिस्सा नारास्थित एक सडकमा भाषण गरिरहेका बेला गोली प्रहार गरिएको थियो । हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ ।

अस्पतालमा उपचार भईरहेका आबेको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

 

Shinzo Abe.



प्रतिक्रिया दिनुहोस्