Logo

पदाधिकारीको टुंगो लगाउन तरुणदलका अध्यक्षको सक्रियता बढ्यो



काठमाडौं, २४ असार । आज नेपाली कांग्रेसका द्धय नेता प्रकाशमान सिंह र शेखर कोइरालासँग नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अध्यक्ष गुरुङ आजसिंह निवास चाक्सीबारी र कोइराला निवास पुगेका हुन् ।

भेटमा नेताद्वयले तरुण दल संगठनको बिस्तारको बिषयमा चासो राखको गुरुङले बताए । उनले भने,‘द्वय नेताले संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ सबै जनासँग सरसल्लाह गरि अगि बढ्न कोइराला र सिंहले सुझाव दिएको उनले बताए ।

अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेपाली काङ्ग्रेसलाई बहुमतले जिताउन तरुण दल लाग्ने र उक्त कार्यको लागि द्वय नेताहरु बाट पुर्ण सहयोगको अपेक्षा रहेको धारणा राखे ।

तरुण दलले अध्यक्ष पाएको चार महिना पुग्न लाग्दासम्म थप पदाधिकारी र सदस्य पाएको छैन् ।



प्रतिक्रिया दिनुहोस्