Logo

प्रचण्ड अब अर्कै हुनुभएको छ, मैले त्यो लक्षण देखेको छु : हरिबोल गजुरेल (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हरिबोल गजुरेलले पार्टीको केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् । उनले पदाधिकारी चयनको लागि भने केही दिनको समय लिईएको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय फरक ढंगले चल्न थालेको सुनाए ।

पार्टी विघटन गर्नुपर्छ भनेर कसैले पनि प्रस्ताव नगरेको उनको भनाई छ । उनले अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक एजेण्ठाले अब उनी अर्कै बाटोमा जान लागेको टिप्पणी गरे । उनले भने,‘अब प्रचण्ड अर्कै हुनुभएको छ, मैले त्यो लक्षण देखेको छु । अलिअलि महाधिवेशनबाट देखेको थिएँ, तर अहिले राम्रो दिशातर्फ हामी अघि बढेका छौं । माओवादीले फड्को मार्ने लक्षण देखियो । त्यो मैले देखेको छु ।’

अध्यक्ष प्रचण्डले यसपटकको बैठकमा परिपक्वता देखाएको भन्दै उनले प्रशंसा गरे । पार्टी नेतृत्वले विगतमा गरेका सबै कमजोरी सच्याउनेगरि आफूलाई मुभ गरेको पनि गजुरेलको भनाई छ । जनार्दन शर्माले गल्ती गरेको वा नगरेको भन्ने कुरा अब १० दिनभित्रै थाहा हुने उनको भनाई छ । उनले तत्काल एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे । चुनावपछि आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नसक्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्