Logo

कांग्रेस र एमालेबीच पनि निर्वाचनमा सहकार्य हुनसक्छ : नविना लामा (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच पनि सहकार्य वा तालमेल हुनसक्ने बताएकी छिन् । उनले निर्वाचनमा कांग्रेस, माओवादीलगायत जुन दलसँग पनि सहकार्य हुनसक्ने सुनाईन् । उनले आफ्नो पार्टी निर्वाचनमा एक्लैपनि भिड्न तयार रहेको बताईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले माओवादी केन्द्रसँग पनि चुनावी सहकार्यको सम्भावना रहेको बताईन् । उनले राजनीतिमा असम्भव भन्ने कुरा केही पनि नभएको जिकिर गरिन् ।

उनले नेकपाकालिन अवस्थामा अध्यक्ष पुष्पकमल दाहालले एकता बचाउन नसकेकोले आफूले आलोचना गरेको स्मरण गराईन् । उनले आगामी निर्वाचनमा कम्युनिष्टहरुबीच एकता हुनसक्ने पनि सम्भावना सुनाईन् । उनले नेताहरुले अब समिक्षा गरेर आगामी निर्वाचनमा वाम गठबन्धन गर्नसक्ने बताईन् । उनले वामपन्थीहरुबीचको एकताको लागि वामदेव गौतमले लिएको पहलकदमी सराहनीय रहेको पनि सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot