Logo

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा



काठमाडौँ,२४ असार । नेपाल चेम्बर अफ कमर्शले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

महिला चेम्बरले आज यहाँ आयोजना गरेको ‘महिलालाई विभिन्न क्षेत्रको तालिम’को उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे
। महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उनको भनाइ थियो ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताए । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न आवश्यक रहेको बताए ।

महिला चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छवटा क्षेत्रमा तालिम प्रदान गर्न लागेको हो । रासस



प्रतिक्रिया दिनुहोस्