Logo

माओवादीले के का लागि हतियार उठाएको थियो ? भन्दै जंगिए केपी ओली (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धको औचित्यको बारेमा प्रश्न उठाएका छन् । उनले भने,‘माओवादीले के को लागि हतियार उठाएको थियो ? संविधानसभाको लागि हतियार उठाउनुपर्छ र ? मैले माओवादीले के को लागि हतियार उठाएको थियो भनेर त्यसबेलादेखि प्रश्न सोध्दै आएको छु, अहिलेसम्म माओवादीले जवाफ दिन सकेको छैन् । प्रचण्डले आजको कुरा छोडेर भोलि र पर्सीपनि जवाफ दिनुहुनेछैन् ।

उनले नेपाली कांग्रेससँग देश बनाउने कुनै नीति नै नभएको आरोप लगाएका छन् । उनले भने,‘कांग्रेससँग हुति नै छैन्, नीति नै छैन् । विचार नै छैन् । के गर्ने भन्ने कुरा कांग्रेसलाई थाहा छैन् । यसपटक पनि मन्त्रीले आँफैले राजीनामा दिएर हो, नत्रभने प्रधानमन्त्रीले निकाल्छन् भन्ने त के ? प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुति छ ?’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिको सपना देखाएर आफ्नो स्वार्थ सेकेको आरोप लगाए । उनले भने,‘अहिले त भ्रष्टाचार गर्छन् उनीहरु, धम्क्याउँछन् हामीलाई हौं ? युवाहरु खाडी गए, किन गए भन्दा माओवादीले गर्दा गए । किन युवाहरु बेरोजगार भए ? माओवादीले गर्दा बेरोजगार भए ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot