
काठमाडौं, २४ असार । साँझ ४ बजेर २० मिनेटको उडानबाट नेकपा एमालेका नेता महेश बस्नेत दुबई उडेका छन् । उनी तीन दिन दुबईमा रहनेछन् भने २ दिन बहराइन हुनेछन् ।
बस्नेतले दुबईमा महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ । पछिल्लो समय बस्नेतको विदेश यात्रा बाक्लिएको छ । केही महिना अघि उनी भारतको उत्तर प्रदेश र उत्तराखण्डको यात्रा गरेर फर्किएका थिए । यसपटक दुबई उडेका छन् ।
दुबई एशियाको महत्वपूर्ण व्यापारिक केन्द्र हो । त्यहाँ उच्च तहको भित्री राजनीतिक भेटघाटहरु पनि हुने गरेको छ ।