Logo

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण



काठमाडौं, २४ असार । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित भएपछि उनी घरमै आइशोलेशनमा रहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

महर्जनको स्वास्थ्यमा समस्या भएपछि कोरोना परीक्षण भएको थियो । उनी संक्रमित भएको आजै पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्