Logo

श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक डा. रिचार्डबीच भेटवार्ता



काठमाडौं, २५ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

त्यस्तै मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरुमा गरिरहेको सहयोका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सिपलाई नेपालमै लागु गर्न पहल भइरहेकाले आइएलओलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

भेटमा राष्ट्रिय निर्देशक डा. हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै, आगामि दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार बृद्धिका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot