Logo

त्रिविअन्तर्गत बीबीए छैटौं सेमेष्टरको ‘नेपाली राजनीति र समाज’ विषयको परीक्षा स्थगित, पद्यमकन्या क्याम्पसअघि विद्यार्थीको नाराबाजी



काठमाडौं, २५ असार । त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए छैटौँ सेमेस्टरको नेपाली राजनीतिक र समाज विषयको परीक्षामा प्रश्नपत्रमा पाँचौं सेमेस्टरका प्रश्नहरु राखेको भन्दै बागबजारस्थित् पि.के. क्याम्पसअघि प्रदर्शन भएको छ । त्रिविले भने अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा रद्द गरेको जनाएको छ ।

विद्यार्थीहरु सठक नै जाम गरेर नाराबाजीमा उत्रिएका थिए । त्रिभुवन विश्वविद्यालयको लापरबाहीविरुद्ध विद्यार्थीहरू आन्दोलित भएपछि आजको विषयको पनि परीक्षा रद्द गरिएको हो । यस पटकको परीक्षामा २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्न पत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot