Logo

गगन थापाविरुद्ध आक्रामक बनेका प्रसाईको आरोप-उहाँ त अमेरिकाले लगानी गरेको मान्छे हो (भिडिओसहित)



काठमाडौं, २५ असार । नेपाल जेसिजका पूर्व अध्यक्ष अर्जुन प्रसाईले आगामी संसद्को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् । देश नै अहिले संकटमा पुगेको र राष्ट्रिय स्वतन्त्रता नै खतरामा पर्छ कि भन्ने चिन्ता भएकोले आफूहरु स्वतन्त्र रुपमा उम्मेद्धवारी दिने तयारीमा जुटेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाट नै उम्मेद्धवारी दिने सबै तयारी भैरहेको सुनाए ।

उनले गगन थापा र राजन भट्टराई प्रभावशाली हुनुको कारण ठूला मिडियाले पत्याएको कारणले भएको सुनाए । तर, आफूजस्तो भुईँमान्छेको आवश्यकत्ता छ भनेर जनताले भन्न थालेकोले आफू चुनावी मैदानमा उत्रिन लागेको उनको भनाई छ । उनी अन्तर्वार्ताको क्रममा गगन थापा को हो भन्दै जंगिए । उनले भने,‘उहाँको यो घमण्ड छ, केपी ओलीले गरेजस्तो घमण्ड, ठीक छ त जान दिनुहोस न त चुनावमा । के फरक पर्यो भने ? म भुईँमान्छे, उहाँ प्रभावशाली मान्छे । देश र अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको मान्छे । अमेरिकाले विश्वास गरेको मान्छे । अमेरिकाले लगानी गरेको मान्छे । मन्त्री खाईसकेको मान्छे, हिजोको गगन थापा त होईन नि । गगन थापा त यो सबै कुराले प्रभावशाली हुनुहुन्छ । तर, हेरौं न त मतदानको दिन, कसरी मतदाताले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ । एमसिसी पास गराउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यो एमसिसी ल्याउनको लागि नेपालले भन्दा तिनै मानिसले बढि चासो राखे ।’

एमसिसीको विषयमा नेपालका धेरै विद्धानले प्रश्न उठाएको पनि उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot