
काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको कोरोनाबारे अपडेटअनुसार अहिले देशभरि ६०५ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ३१ जनाले कोरोना जितेका छन् ।