Logo

गेट वेल सून नेपाल स्किन एण्ड हेल्थ केयर सेन्टरको निशुल्क स्वास्थ्य शिविर : ५०० बिरामी लाभान्वित



काठमाडौं, २५ असार । गेट वेल सून नेपाल स्किन एण्ड हेल्थ केयर सेन्टरले आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

हेल्थकेयरले धनुषाको मुखियापट्टी मुसरनिया गाऊँपालिका–४ स्थित तुलसियाहीस्थित श्री बैधनाथ देवनारायण जनता माध्यमिक विद्यालयको प्रांगणमा निशुल्क स्वास्थ शिबिर सञ्चालन गरेको हो ।
शिविरमा १० गाऊँका ५०० बिरामीहरूको जाँच गरी औषधिहरु वितरण गरेको हेल्थकेयर सेन्टरले जनाएको छ ।

छाला रोग एबं सौन्दर्य विशेषज्ञ डा.प्रसन्न झा र मेडिसिन विशेषज्ञ डा.राजीव झा को टीमले बिहान ७ बजे देखी २ बजेसम्म निशुल्क स्वास्थ जाँच गरेका हुन् । शिबिरमा संयोजनको कार्य समाजसेवी ई.भगवान झाले गरेका थिए ।

उक्त शिबिरमा मुखियापट्टी मूसरनिया गाऊँपालिका–४ का वडा अध्यक्ष उदय झा, स्थानीय शोभा कान्त ठाकुर, दिनेश यादव, अयुब, दिनेश झा ,कमलेश यादव तथा गौतम मिश्र एबं पालिकाका स्वास्थकर्मीहरूको समेत सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot