Logo

केपी ओलीलाई गाली गरेर मत ल्याएका उपेन्द्र यादव र महन्थ ठाकुर ओली नेतृत्वको सरकारमा गए : हृदयेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, २६ असार । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले अहिलेका पार्टीबाट देशको पार नलाग्ने देखेर नै आफूले नयाँ पार्टी खोलेको स्पष्ट पारेका छन् । उनले मधेशमा जातीय विभाजन गराउने नेता नै उपेन्द्र यादव रहेको आरोप लगाएका छन् । उनले देशको विद्यमान राजनीति व्यक्तिमा चल्नु दुःखद् भएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूपनि एउटा व्यक्ति भएकोले सफल नभन्ने बताए । उनले आफूमा पश्चताप र अपराधवोध नभएको पनि सुनाए । उनले अब आफूले एउटा विचार समूह लिएर पार्टी सशक्त बनाउने स्पष्ट पारे । उनले आफूले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनको लागि लागिपरेको भएपनि त्यसमा सफलता नमिलेको बताए ।

उनले उपेन्द्र यादव र महन्थ ठाकुरले केपी ओलीलाई गाली गरेर नै मत पाएको टिप्पणी गरे । तर, ओलीकै नेतृत्वको सरकारमा जान सबैभन्दा पहिले उपेन्द्र यादवले हतार गरेको र २२ महिनासम्म सरकारमा रहेको पनि उनले सुनाए । पछि महन्थ ठाकुरको पार्टीले पनि ओली नेतृत्वको सरकारमा सहभागिता जनाएको उनको भनाई छ । उनले राजनीतिक लाईनको हिसाबले आफूले समातेको बाटोमा नै यादव र ठाकुर आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्