काठमाडौं, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेको जित पक्का भएको छ । गन्न बाँकीभन्दा दोब्बर मतको अग्रता र्भपछि एमालेको जित निश्चित भएको हो ।
आठ हजार ६१७ मत गन्दा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४५ सय ५५ मत प्राप्त गरेका छन् भने गठबन्धनका रंगबहादुर खातीले ३५ सय ९७ मत ल्याएर दोस्रो स्थानमा छन् । उनीहरुको मतान्तर ९५८ छ ।
त्यस्तै, उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्काले अग्रता लिइरहेकी छिन् । खड्काले ४४ सय ८० मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार रिता शाहीले ३६ सय मत ल्याएकी छिन् । उनीहरुबीच ८८० मतान्तर छ ।