काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको छ ।
कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको हो ।
अब उक्त योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन दिन सकिने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई क्यापिटलले बिक्रीमा ल्याएको हो।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो ।
उक्त फण्डमा सर्वसाधारणले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने कम्पनीले व्यवस्था मिलाएको छ ।