Logo

पदाधिकारी बैठकअघि शेखर कोइराला समूह छुट्टै छलफलमा, देउवा बैठकमा नजाने



काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूह छुट्टै छलफलमा बसेकोछ । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ ।

पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा अघि बढ्ने निश्कर्ष निकालिसकेको छ । पार्टीको भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न आज सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

सानेपामा बस्ने बैठकमा सभापति देउवा भने उपस्थित् नहुने जनाईएको छ । आजको बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने जनाईएको छ । कोइराला समूह भने पदाधिकारी बैठकमा जानुअघि कसरी प्रस्तुत हुने भन्दै एजेण्डा तय गर्न अहिले विशालनगरमा भेला भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्