Logo

कांग्रेस पदाधिकारी बैठक अघि शेखर पक्षको बैठक सुरु



काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु हुनु अघि डा.शेखर कोइरालाको पक्ष नेताहरुको बैठक सुरु भएको छ ।
भ्रातृ संस्थाको विधानबारे एकीकृत धारणा बनाउन शेखर पक्षको छलफल सुरु भएको हो ।

पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ ।

पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा अघि बढ्ने निश्कर्ष निकालिसकेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, नेता डा.शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाश रसाइली, जीवन परियार, बलबहादुर केसी, डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, सन्जय गौतम, सन्जय प्रसाइलगायतको उपस्थिति रहेको छ। Photo : Mukunda kalikote

 



प्रतिक्रिया दिनुहोस्