Logo

वरुण धवनले धर्मा प्रोडक्सनलाई किन पैसा फिर्ता गर्न चाहे



एजेन्सी, २६ असार । बलिउडको नयाँ युगका स्टारहरूको कुरा गर्दा अभिनेता वरुण धवनको नाम अवश्य आउँछ। हालै वरुणको फिल्म ‘जुग–जुग जियो’ ठूलो पर्दामा रिलिज भएको छ । यस फिल्ममा वरुणसँग कियारा आडवाणी, अनिल कपूर र नीतु कपूर जस्ता स्टारहरू देखिएका छन् ।

कोरोना अवधिमा लामो समयसम्म फिल्महरू ओटीटीमा रिलिज भएका थिए। अहिले दर्शकहरु बिस्तारै थिएटरतिर लागेकाले वरुण धवन पनि आफ्नो फिल्मलाई लिएर निकै उत्साहित छन् । वरुण धवनले आफ्नो करियर र व्यक्तिगत जीवनमा आएका उतारचढावका प्रश्नको खुलेर जवाफ दिएका छन् ।

वरुण भन्छन्, ‘कोरोनाको समयमा मानिसको बानीमा परिवर्तन आएको थियो, अब मानिसले फेरि थिएटरमा फिल्म हेर्न थालेका छन् । वरुण भन्छन्, ‘थिएटर कहिल्यै कतै गएन, कोविडका कारण एउटा बानी थियो जुन परिवर्तन भएको थियो। हामीले सुपरमार्केट जान छाडेका थियौं, बाहिर निस्कन पनि रोकियो । त्यसैले अब त्यो बानी फेरि सुरु भएको छ । बिस्तारै राम्रा फिल्महरु बन्नेछन् ।’

केही फ्लप फिल्म आएपछि पनि आफ्नो समय ठीक नहुँदा पनि आफूप्रति वरपरका मानिसहरूको दृष्टिकोणमा खासै परिवर्तन नभएको वरुण बताउँछन् । तर ‘कलंक’ रिलिज भएपछि धर्मा प्रोडक्सनबाट लिएको पारिश्रमिक फिर्ता गर्ने प्रस्ताव गरेको उनी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot