Logo

माओवादीले माग्यो व्याख्यात्मक घोषणाको अमेरिकी धारणा



काठमाडौं, असार २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा’दयगत अमेरिकाले आफ्नो धारणा व्यक्त गर्नुपर्ने विषयमा सरकारले अविलम्ब पत्र लेख्नुपर्ने माग गरेका हुन् ।

१९ देखि २३ सम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले सरकारले पत्र लेख्नुपर्ने मागसहितको निर्णय गरेको श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

‘नेपालको संघीय संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणासहित गरिएको थियो र सो घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वतहः खारेज हुने व्याख्या संसद्मा नै गरिएको थियो । तर, एमसीसी अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणा’दयगत कुनै प्रतिक्रिया दिएको देखिएको छैन । तसर्थ नेपाल सरकारले यथाशीघ्र एमसीसी अमेरिकासँग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्छ,’ श्रेष्ठले बैठकको निर्णय सार्वजनिक गर्दै लेखेका छन् ।

त्यस्तै, एसपीपीलाई सरकारले अघि नबढाउने निर्णय गरेको भन्दै राष्ट्रिय सार्वभमिकता एवं हितका सम्बन्धमा सही निर्णय गरेको माओवादी केन्द्रको ठहर छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्