Logo

हामीले दिएका सुझावलाई देउवाले औषधिका रूपमा लिनुपर्छः चन्द्र भण्डारी



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संस्थापन इतर पक्षले दिएको सुझावलाई औषधिका रूपमा लिनुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएको भन्दा पनि पार्टी विधान अनुसार नचलेको र सरकारका निर्णय जनताको उपयोगी नभएको भनेर हामीले रचनात्मक सुझाव दिएका छन् । त्यसलाई उहाँले औषधिका रूपमा लिनुपर्छ ।”
देश र जनताभन्दा ठूलो पार्टी हुन नसक्ने उनले बताए । भण्डारीले थपे, “शेरबहादुर देउवा सत्ता क्रियाकलापमा सफल नेता हुनुहुन्छ । तर त्यो सफलता पार्टी र मुलुकका निम्ति उपयोगी हुन सकेको छैन । केन्द्रीय कार्यसमितिमा पनि उहाँको चरम बहुमत छ । उहाँले चाहेको कुरा पास हुन्छन् । मुलुक बनाउने भन्दा पनि आफ्नो परिवार र गुट बनाउने स्वार्थबाट गाइडेड हुनुहुन्न । सरकार माफियाको मतियार बन्नुहुन्न ।”
राजा गएदेखि अहिलेसम्म मुलुकको स्थितिमा खासै परिवर्तन नभएको टिप्पणी पनि उनले गरे । भण्डारीले भने, “ढिकुटीमा डलरको सञ्चिति घटिरहेका बेला हिजो हेलिकप्टर खरिदको कुरा आएको थियो, आज हतियार किन्ने कुरा आएको छ धनगढीका मेयरले आफू चढ्ने गाडी एम्बुलेन्स बनाएका छन्, धरानका मेयर खानेपानीको पाइप बोकेर हिँडिरहेका छन्, दिल्लीका मुख्यमन्त्रीले सातवटा अस्पताल बनाउँदै छन् ।तर । पार्टी भवन निर्माण र विनियोजन गरेको नेताहरुका बाबुआमाका नाममा सरकारी बजेट दुरुपयोग गरेका कुरा आएका छन् । जनताले तिरेको कर दुरुपयोग गर्न पाइँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल एक्सन गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्