Logo

शेखर कोइराला निकटले आज कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने



काठमाडौं, असार २७ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहले आज केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् ।
आजै कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्