Logo

घण्टेश्वर माविको भवन भारतको सहयोगमा निर्माण



काठमाडौं, २७ असार । भारतको अनुदान सहयोगमा डोटीको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा विद्यालय भवन तथा छात्रावासको उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ९६ लाख ९ हजारको लागतमा परियोजनाको निर्माण भएको जनाइएको छ ।

परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालय डोटी जिल्लाकै प्रतिष्ठित विद्यालय हो ।



प्रतिक्रिया दिनुहोस्