Logo

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ



पर्सा, २७ असार । स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित वीरगंज महानगरपालिका–१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot