Logo

देउवा नेपालको राजनीतिमा टावरिङ पर्सानालिटी हो, उहाँ सफल प्रधानमन्त्री हो : गुरु घिमिरे (भिडिओसहित)



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवाको विरोधको लागि विरोधमात्रै नगरेको स्पष्ट पारेका छन् । उनले सभापति देउवाले पार्टीलाई विधानसम्मत् रुपमा नचलाएको पनि आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सभापतिले महाधिवेशन भएको ६ महिनाभित्र गर्नुपर्ने काम पनि नगरेको भन्दै आलोचना गरे ।

उनले सभापतिको लागि काम गर्नको लागि अहिलेजस्तो सजिलो समय कहिल्यैपनि नभएको जिकिर गरे । उनले देउवा दोस्रोपटक सभापति भएको र अहिले नेपालको राजनीतिमा टावरिङ पर्सनालिटी भएको पनि सुनाए । उनले भने,‘अहिले सभापति देउवा समाकलिन राजनीतिमा सबैभन्दा अग्लो कदको नेता हो । उहाँ सफल प्रधानमन्त्री हो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उहाँको ६ महिनाको कार्यकालको पनि समिक्षा हुन्छ । उता, उहाँको प्रधानमन्त्री कालको पनि समिक्षा हुन्छ । उहाँले कोभिड कालमा मुलुकलाई त्राण दिनुभयो । तर, उहाँले संवैधानिक बाटो बिराएर अध्याँरो मार्गमा धकेल्ने खोज्ने ओलीको बाटो भत्काएको छ। यो सरकारले संविधानको रक्षा गर्ने काम गरेको छ। हुन त मुलुकमा महँगी बढेको छ । देशमा घट्ना धेरै भैरहेको छ । देशमा करप्सन बढेको छ ।’

उनले आफूहरु सुतेर नबसेको पनि स्पष्ट पारे । उनले आफूहरुले विधानविपरित कुनैपनि गतिविधि नगरेको जिकिर गरे । आफूहरुमाथि पार्टी विभाजन गर्न लागेको भन्ने आरोप अफवाहमात्रै भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot