विपिन देवः प्रजातान्त्रिक मूल्य र मान्यतामा स्थापित भारत अमेरिकाको सम्वन्ध एक नयॉ युगमा अवतरित भएको छ । उत्तार र चढावले भरेको यो सम्वन्ध कूटनीति र सामरिक जिज्ञासुको लागि रोचक पनि रहेको छ । सन् १९५६ मा पाकिस्तान अमेरिकाको एलायन्स हुनु र सत्तरीको दशकमा निक्सन र किशिनजरको नीतिले गर्दा अमेरिका र चीन विच सम्वन्ध र साझेदारी बढ्नु जस्ता परिघटनाले अमेरिका र भारत विचको समवन्ध चिसिदै गएको थियो । सत्तरीको दशकमा भारत पाकिस्तान युद्ध भएको थियो ।
इन्दिरा गान्धीको अब्वल नेतृत्वले गर्दा पाकिस्तान विभाजित हु‘दै वङ्गलादेशको जन्म भएको थियो । इतिहासको त्यो कठिन मोडमा अमेरिकाले भारतलाई सैनिक कार्यवाही गर्न समेत चेतावनी दिदै वङ्गालको खाडीमा जल सेना समेत तैनाथ गरिसकेको थियो । तर सोभियत रुसको सैनिक भरथेगले गर्दा अमेरिकी धम्किको असर भएन । वाजपेयी सरकारको कालखण्डमा पनि भारत अमेरिका सम्वन्ध कठिन मोडमा पुगेको थियो । वाजपेयी सरकारले न्यूकिलियर परिक्षण गरे पश्चात अमेरिकाले भारत माथि आर्थिक नाकावन्दी गरेका थिए । तत्कालीन वाजपेयी सरकारको परराष्ट्रमन्त्री जशबन्त सिंह र साहायक अमेरिकी सेकरेट्री ऑफ स्टेट स्ट्रोवले सम्वन्धलाई शिथिलिकरण गर्न १८ पटक वार्ता गरेका थिए । जसवन्त सिंहले आप्mनो पुस्तक “माई वनर टुनेसन” मा उक्त घटनालाई रोचक वर्णन गरेको देखिन्छ । वर्तमान अवस्था विलकुलै फरक देखिन्छ ।
सन् १९४७ देखि सन् २००० सम्ममा अमेरिकी राष्ट्रफतिहरूको भारत भ्रमण तीन पटक मात्र भएको पाइन्छ भने सन् २००० उपरान्त अमेरिकाको हरेक राष्ट्रपतिले भारत भ्रमण गरेको देखिन्छ । अमेरिकी राष्ट्रपति ओभामाले त भारत दुई पटक भ्रमण गरेको छ । सन् २००० उपरान्त अमेरिकी भारत सम्वन्धमा न्यानोपन बढ्नुको धेरै आयामहरू छन् । पहिलो आयममा भारत चीन सम्वन्धलाई नै लिनु पर्दछ । भारतका पूर्वराजदुत शिवशंकर मेननले आप्mना पुस्तक “च्वाइस इन साइड मेकिङ्ग ऑफ इण्डिया”मा भारत अमेरिकाको समीप्यताको कारणमा चीनलाई “ड्राइभिंग फ्रोस” (कारक तत्व)को रुसमा व्याख्या भएको पाइन्छ । भारत अमेरिकाको सम्वन्धलाई सामरिक जानकार तानभी मदानले सुत्रात्मक रुपमा व्याख्या गरेकी छिन् । भारत र अमेरिकाको सामरिक उद्देश्य नै चीनियॉ कम्यूनिष्ट पार्टीको दिशानिर्देशमा परिचालित राष्ट्रपति सीको हैकमवादलाई रोक्नु हो । अर्थात् प्रजातान्त्रिक गठवन्धन र प्रजातान्त्रिक समीकरणको आधारमा क्वाड, ओक्स, पश्चिम एसियामा क्वाड जस्ता साझा संकल्पको आधारमा मञ्च बनाउ‘दै चीनिया प्रभावलाई रोक्नु भारत अमेरिकाको सामरिक नीति रहेको छ । साथ साथै अमेरिका भारत विच व्यापार बढाउनु पनि यी दुईवटै देशहरूको उद्देश्य रहेको छ । हाल भारत अमेरिका विच १५० विलियन डलरको वार्षिक व्यापार रहेको छ भने अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । ४० लाख भारतीय मुलका नागरिकहरू अमेरिकामा वसोवास गर्नु र ४ लाख विभिन्न अमेरिकाको शैक्षिक संस्थाहरूमा अध्ययन गर्नु जस्ता कारक तत्वहरूले पनि अमेरिका भारत विच व्यापार धनिभूत रुपले बढेको छ ।
७ वर्ष पहिले वर्तमान अमेरिकी राष्ट्रपति वाइडेनले भारत-अमेरिका विचमा व्यापार ७०० विलियनसम्म हुन सक्ने सम्भावनालाई इंकित गरेका थिए । तदनुरुप हरेक स्तरमा भारत अमेरिका विच सम्र्पक र सम्वन्ध व्यापारिक सम्वन्धलाई बढाउन अभिप्रेरित रहेको छ । साथ साथै सन् २००० मा भारत अमेरिका विच सैनिक उपकरणको न्यून नै थियो । तर वर्तमान अवस्थामा भारतले २५ विलियन डलरको सैनिक उपकरणहरू अमेरिकावाट आयात गरिरहेको छ । अमेरिका र भारतले आप्mनो सम्वन्धलाई पाकिस्तानको चश्मावाट हेर्ने गरेको छैन । इतिहासमा एक काल खण्डमा अमेरिकी राष्ट्रपति भारतमा भ्रमण गर्दा पाकिस्तानको भ्रमण गरेर दक्षिण एसियाको शक्ति सन्तुलनलाई व्यवस्थित गर्थे । तर वर्तमान परिवेश पृथक देखिन्छ । आतंकवादको मुद्दामा पाकिस्तानलाई दवावमा राख्न विभिन्न अन्र्तराष्ट्रिय मञ्चमा अमेरिका भारत सहकार्य समेत गरिरहेको छ । भारतमा अमेरिकी एफ.डि.आई. सबभन्दा अघिक रहेको छ ।
भारत अमेरिकाको सामीप्यताको कारक तत्वमध्ये भारत चीन सम्वन्ध पनि हो । सन् १९९३ मा भारत चीन विच एक किसिमको समझदारी भएको थियो । तदनुरुप सीमा सम्वन्धी समस्यालाई थाती राख्दै व्यापारीक सम्वन्धलाई अगाडी बढाउनु थियो । चीन भारत विच २ विलियनवाट व्यापार १०० विलियन भन्दा अगाडी बढ्यो । तर राष्ट्रपति सीको आगमनका साथ डोम्लम हु‘दै चीनको सीमावर्ती इलाकामा सीमामा तनाव भएको देखिन्छ । भारत चीनको सैनिक आमेन सामुने भएको वेला अमेरिकाले सूचना सहयोग गर्नुका साथै सैन्य उपकरण समेत भारतलाई उपलब्ध गराएको छ । अमेरिकाले हिन्दमाहासागरीय नीतिमा भारतलाई उ‘च्च महत्व दिएको छ । नेपालमा एम.सी.सी. सम्झौताको माध्यमवाट ५०० मिलियन अमेरिकी डलरको सम्झौतामा भारतको भूमिका हुनु र मालदीप्ससंगको सैन्य सम्झौतामा पनि भारतको भूमिकाको वातावरण अमेरिकाले निर्माण गरेको देखिन्छ । खास गरेर हिन्दमहासागरी क्षेत्रमा सैनिक अभ्यास गर्नेमा सबभन्दा बढि सहकार्य गर्ने अमेरिका र भारतको सेना नै देखिन्छ ।
कूटनीति कमजोर कडीमा नै प्रहार गर्र्नेछ । अमेरिकामा सन् १९५० देखि नै स्वतन्त्र तिब्वतको पक्षमा अभिमत दिदै आएको छ । भारतमा तिब्वतेली शरनार्थीको संख्या अधिक हुनु र दलाई लामाको भौतिक रुपमा नै भारतमा उपस्थित हुनु जस्ता कारणले गर्दा अमेरिकाको भारतसंग सम्वन्ध निकट भएको छ । अर्को तर्पm भारत अमेरिका सम्वन्धमा घनत्व बढ्नुको कारण चीनको दक्षिण एसीयाली नीति पनि हो ।
पाकिस्तानमा सिपेकको परियोजना र श्रीलङ्कामा हम्वन टोटा बन्दरगाहको निर्माणले गर्दा चीनले भारतलाई दवावमा राख्न यथेष्ट प्रयास गरेको देखिन्छ । दुर्भाग्यवस श्रीलङ्का र पाकिस्तान आर्थिक रुपले जीर्ण अवस्थामा पुगिसकेको छ । विश्व वैंक र अन्र्तराष्ट्रिय युद्ध कोषले आवश्यक भूमिका नखेलेको खण्डमा यी दुई मुलुकहरूको अवस्था गम्भीर हुन सक्ने जानकारहरूको बुझाई रहेको छ । यस अवस्थामा दक्षिण एसियामा आर्थिक उपचारका लागि आवश्यक धनराशीको लागि अमेरिका भारतमा सहकार्यको टडकारो आवश्यक्ता देखिन्छ । चीनको दम्भ खास गरेर दक्षिण चीन सागर लगायत हिन्द महासागरिको विभिन्न क्षेत्रमा बढिरहेको छ । चीनिया दम्भलाई मत्थर गर्न प्रजातान्त्रिक गठवन्धनलाई बलियो संसारको ठुलो प्रजातन्त्र र संसारको पुरानो प्रजातन्त्र विच सहकार्य अति आवश्यक देखिन्छ ।