काठमाडौं, २७ असार । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) अनुदान नभई ऋण हो । नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता कार्यान्वयन भएको छैन । यसको कारण हो ऋणको महङ्गो ब्याज र नेपालले खोजेको अनुदान ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारे कुरा राखे । २६ असारमा भएको भेटमा देउवाले अनुदान मात्र लिन सक्ने ऋण नलिने जवाफ दिए ।
देउवाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै ऋण लिने अवस्थामा नरहेको जवाफ दिएको बुझिएको छ । सहुलियत ऋण वा अनुदान मात्र स्वीकार्ने जवाफ दिए ।
चिनियाँ पक्षले बीआरआई कार्यान्वयनमा जोड दिदै आएको छ । तर, नेपालले ऋणको ब्याजबारे कुरा उठाउने गरेको छ ।
पछिल्लो समय श्रीलंकाको आर्थिक संकटलाई चीनको बीआरआई अन्तर्गतको चर्को ब्याजदरसँग पनि जोडेर हेरिएको छ । श्रीलंकाले चिनियाँ ऋण लिएर ब्याज समेत तिर्न सकेको छैन । पूर्वाधार त विकास भए तर सेतो हात्ति सावित भयो ।