Logo

त्रिविको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला



काठमाडौं, २७ असार । काठमाडौं उपत्यकाभित्रका विभिन्न ब्यबस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिहरुले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला लगाएका छन्।

त्रि बि को परिक्षा समितिका अध्यक्ष तथा रजिस्टार पेशल दाहालको राजिनामा र व्यवस्थापन संकायका सम्पुर्ण पदाधिकारीहरुलार्इ कारबाहीको माग गरेको ने.बि.संघका नेता दिपक ओझाले बताए ।

असार २२ गते बि.बि.ए. छैटौं सेमेस्टरको MGT २०३: organization behaviour बिषयको प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि परीक्षा रद्ध गरिएको थियो भने पुनः असार २४ गते BBA 6th Semester (Nepalese Society and Politics) को परिक्षामा 5th सेमेस्टरको (Sociology) को प्रश्न पत्र सोधिएको थियो ।

असार २२ र २४ गतेका दुबै परीक्षा रद्ध हुँदा विद्यार्थी भबिस्य माथी गम्भीर खेलवाड भएको र परिक्षामा पनि अत्यधिक लापरबाही भैरहेकोले जिम्मेवार पदमा बसेका सबैले राजीनामा र अन्य कारबाही गरिनुपर्ने नेता ओझाले बताए ।

नेविसंघ नेताहरू दिपक ओझा , सरोज तिमिल्सिना, राजेश काफ्ले , सन्तोस श्रेष्ठ बिष्णु हरि खड्का , चिरञ्जीवी न्यौपाने , सुबाश घिमिरे , सहदेब तिमिल्सिना ,जगत ऐर ,अरुण के सि , सन्जय बुढाथोकी , श्याम ओझा , दण्डि राज जोशी , शिर्जना मल्ल सन्तोष गौतम लगायतले त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै शसक्त विरोध गरेका छन्।

त्रिबि परिक्षा समितिका अध्यक्ष तथा रजिस्टार पेशल दाहाल र व्यवस्थापन संकायका सम्पुर्ण पदाधिकारीको कारबाही र राजीनामा नदिएसम्म ताला नखुल्ने संघका नेता सहदेव तिमल्सिनाले बताए। यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिविका परीक्षामा लापरबाही देखिएकोले उपकुलपति लगाएत सम्पुर्ण पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot