Logo

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रचण्ड निवासमा, नारायणकाजीले गरे स्वागत (फोटोफिचर)



काठमाडौं, २७ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । नेपालको चार दिने भ्रमणको लागि उनी हिजोमात्रै नेपाल आएका हुन् ।

उनले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । आज भने उनी माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । प्रचण्डको निवासमा उनलाई माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख राम कार्कीले स्वागत गरेका थिए । भेटवार्तामा माओवादीको तर्फबाट अध्यक्ष दाहालसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, पम्फा भुषाल र राम कार्की सहभगाी छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्