Logo

पितासँग १५ सय रुपैयाँ नभएपछि छोराको शव बोक्न एम्बुलेन्स भेटिएन



एजेन्सी, २८ असार । मध्यप्रदेशको मोरेनाबाट हृदयविदारक समाचार आएको छ । जहाँ केही दिनअघि ८ वर्षीय बालक आफ्नो २ वर्षीय भाइको शव काखमा लिएर घण्टौंसम्म बसे ।

लाशमाथि झिंगाहरू गुञ्जिरहेका थिए । अर्कोतर्फ बुबा एम्बुलेन्सको लागि घर–घरमा भौतारिरहेका थिए । उनलाई १५ सय रुपैयाँ चाहिएको थियो ।

पैसाको अभावमा उनलाई न निजी एम्बुलेन्स न सरकारी एम्बुलेन्सले सहयोग गरे । त्यसपछि प्रहरीले बालकको शव घर पठाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्