Logo

त्रिचन्द्र क्याम्पस पुनःनिर्माण गर्न २ अर्ब ५० करोड विनियोजन, प्रधानमन्त्री देउवाको ने.वि.संघ त्रि–चन्द्रद्धारा स्वागत



काठमाडौं, २८ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माण गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयलाई नेपाल विद्यार्थी संघ त्रिचन्द्रले स्वागत गरेको छ ।

प्रधानमन्त्री देउवाले क्याम्पस पुनःर्निर्माण गर्न निर्देशन दिए लगत्तै प्रारम्भिक कार्य सुरुवात भएपछि विद्यार्थीहरुमाझ खुसीयाली छाएको विद्यार्थी नेता एनपी जोशीेले बताए ।

नेविसंघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो।

प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, समन्वय र प्रारम्भिक कार्य सुरुवात गर्न÷गराउन निर्देशन दिएका थिए ।

निर्देशनलगत्तै क्याम्पसको पुनःनिर्माणका लागि असार २६ गते प्रारम्भिक कार्यको रुपमा डिपिआर गर्ने कार्य सुरुवात भएको थियो। डिपीआर गर्न जिम्मा पाएको कन्सल्टेन्सीले करिव ६ महिना भित्र प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाउन सकिने बताएको थियो भने शिक्षा मन्त्रालयका सचिवले प्रतिवेदन प्राप्त भए लगत्तै टेन्डर आह्वान गरि निर्माण कार्य अगाडि बढाउने कुरामा विस्वस्त रहन आग्रह गरेको नेविसंघ त्रिचन्द्रका नेता एनपी जोशीले बताए ।

यसै खुसीयालीको अवसरमा सरकारको उक्त कदमप्रति प्रसंसा गर्दैै नेविसंघ त्रि–चन्द्र क्याम्पस परिवारले आज असार २८ गते सोही जीर्ण भवनको अगाडि नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका सभापति दुजांग शेर्पाको प्रमुख आतिथ्यतामा सरकारको विद्यार्थीमैत्री उक्त कदमको हार्दिक स्वागत गरेको हो ।
उक्त कार्यक्रममा ने.वि.सघ निवर्तमान केन्द्रीय सदस्य सिर्जना मल्ल लगायत ने.वि.संघ त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पस, आरआर क्याम्पस, पब्लिक युथ कयाम्पस, कोटेश्वर क्याम्पस, पाटन क्याम्पस, अम्रित साइन्स क्याम्पस, महेन्द्ररत्न क्याम्पस लगायत उपत्यकाका सबै क्याम्पसका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन ने.वि.संघ त्रि–चन्द्र का सिनियर नेता नारायण पाण्डेले गएका थिए भने बक्ताको रुपमा केन्द्रीय सभापति दुजांग शेर्पाले मन्तव्य राखेका थिए।
सभापति शेर्पाले सो पहलका लागि ने.वि.संघ त्रि–चन्द्र क्याम्पस परिवारलाई धन्यवाद प्रकट गर्दै जनप्रिय सरकारले गरेको निर्णयको हार्दिक स्वागत गरेका थिए। सम्बोधनकै क्रममा उनले ने.वि. संघ हिजोका दिनमा पनि विद्यार्थीहरुका सवाल, मुद्वा र हकहित तथा शैक्षिक गुणस्तरीयता कायम गर्नुपर्ने विषयमा सदैव अग्रमोर्चामा रहि नेतृत्व गरिरहेको र आगामी दिनमा पनि थप सिर्जनात्मक कृयाकलाप गर्नेमा प्रतिवद्व रहेको र रहन अपिल गरे । उनले त्रि–चन्द्र क्याम्पसलाई ठाउँसारी गर्ने व्यर्थका प्रयासहरु विफल हुने चेतावानी दिँदै यदि त्यसो हुने प्रयास भएको खण्डमा सिंगो ने.वि संघ केन्द्रीय कार्यसमिति त्यसको प्रतिवादमा उत्रिने चेतावनीसमेत दिए ।



प्रतिक्रिया दिनुहोस्