Logo

सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति



काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन् ।

राजपक्षेले मुलुक छाडेसँगै श्रीलंकामा वर्षौंदेखिको एक परिवार शासन अन्त्य भएको छ । उनले आज राजीनामाको घोषणा गर्दैछन् । बीबीसीका अनुसार राजपक्षेसँगै उनका भाइ पूर्व अर्थमन्त्री बासिल राजपक्षेले पनि छाडेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot