Logo

गुरु पूर्णिमाको अवसरमा एरोविक डान्सका गुरुहरु सम्मानित (फोटोफिचर)



काठमाडौं, असार २९ । विगत ७ वर्षदेखि स्वास्थ्यको लागि डान्स नाराका साथ सञ्चालन हुँदै आएको ‘हाम्रो साझा एरोविक डान्स’ले गुरु पूर्णिमाको अवसरमा गुरुप्रति सम्मान कार्यक्रम गरेको छ ।

मुख्य गुरु चन्डु चौधरी र सह गुरु सरिता केसिलाई सम्मान गर्दै उक्त कार्यक्रम मनाईंएको हो। राजधानीको भृकुटीमण्डपमा विगत ७ वर्षदेखि दैनिक विहान ६ देखि ७ बजेसम्म एक घण्टा निःशुल्क डान्स सञ्चालन हुँदै आएको यस अभियानका अभियान्ताहरुले एक आपसमा गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै गुरुलाई सम्मान व्यक्त गरेका हुन्। निरन्तर सञ्चालन हुँदै आएको निःशुल्क डान्सले सबै उमेर समूहकालाई प्रत्यक्ष लाभ पुग्दै आएको छ ।

उक्त सम्मान कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक चौधरीले आगामी दिनमा साझा एरोविक डान्स अझ सशक्त रुपमा सञ्चालन हुदै जाने जनाउदै यस अभियानमा सहभागी भएर स्वास्थ्यलाभ लिन पनि आह्वान गरेका छन् ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल 



प्रतिक्रिया दिनुहोस्