Logo

सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा 



काठमाडौं, २९ असार ।  सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ ।

तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो ।

यो अघिल्लो आ.वको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot