Logo

आजबाट उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु



काठमाडौं, असार २९ । निर्वाचन आयोगले उपत्यकाका ३ जिल्लामा आजबाट मतदाता नामवली दर्ता सुरु गरेको छ।

आयोगले अनलाईन प्रणालीबाट काठमाडौ, भक्तपुर र ललितपुरमा नामावली दर्ता सुरु गरेको हो। मतदाताको फोटोसहित अनलाइनबाट मतदाता फाराम भरेर दर्ता गर्न सकिने व्यवस्था आयोगले गरेको छ।

यसका लागि आयोगले वेब बेस भोटर लिस्ट प्रि रजिस्ट्रेसन प्रणाली तयार गरेर अनलाइन नामावली दर्ता सुरु गरेको हो। यसलाई परिक्षणका रुपमा सुरु गरिएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्