Logo

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट



काठमाडौं, २९ असार । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबुलकारको टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार केबुलकारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सकिनेछ । यसले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot