एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छाडेपछि श्रीलंकाली जनताको आक्रोश बढेको छ ।
राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारीहरू चर्को रूपमा दंगा गरिरहेका छन्। जनताको चर्को विरोध देखेर प्रधानमन्त्री रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् ।
संसद भवन र प्रधानमन्त्री भवनतर्फ हजारौंको संख्यामा मानिसहरु ¥याली गरिरहेका छन् । प्रहरी र प्रदर्शनकारीबीच धेरै ठाउँमा हिंसात्मक झडप भएको छ । दुई गुटबीच झडप हुँदा १२ जना घाइते भएका छन् । आन्दोलनकारीलाई हेलिकप्टरबाट निगरानी गरिरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिन हवाई फायरिङ प्रहरीले गरेको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । यसैबीच प्रदर्शनकारीले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हस्तक्षेपको माग गरेका छन् ।